Logo
Logo

करोडपति सिंहलाई जोगाउन चलखेल



काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेको सक्रियतापछि क्यासिनोहरूले झन्डै एक अर्ब रोयल्टी सरकारलाई बुझाइसकेका छन् । होटललाई समेत कारबाही गर्ने चेतावनीपछि यसरी क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्न थालेका हुन् ।

विगतमा मन्त्रीहरूसँग मिलेर नियतवस रोयल्टी ठग्ने काम हुँदै आएको यसले प्रष्ट हुन्छ । क्यासिनो सञ्चालकहरूले सरकारलाई रोयल्टी तिर्दैन थिए भने व्यक्तिगत रुपमा करोडौं सम्पत्ति जम्मा गर्थे । त्यसमध्ये एक हुन् सुरेन्द्रबहादुर सिंह । याक एण्ड यती लगायत होटलमा क्यासिनो चलाएर उनले करोडौं सम्पत्ति जोडेका छन् । तर, राज्यलाई रोयल्टी भने तिरेका छैनन् ।

त्यो खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छानबिन थालेको थियो । छानबिनको क्रममा उनको स्रोत नखुलेको करिब ३० करोड रुपैयाँ बराबरको सम्पत्ति भेटियो । त्यसपछि विभागले मुद्दा प्रक्रिया अघि बढायो । ६ महिनाअघि नै मुद्दा प्रक्रिया अघि बढाएपछि अहिलेसम्म चलखेलले यो मुद्दा रोकिएको छ ।

विभागले मुद्दा चलाउनुअघि विशेष सरकारी वकिल कार्यालयको राय लिनुपर्ने प्रावधान छ । त्यहाँ सिंहले चलखेल गरेर मुद्दा रोकेका हुन् । सिंहले महान्यायाधिवक्ता खम्मबहादुर खातीदेखि सहमहान्यायाधिवक्ता धुव्र चौहानसँग निकटता बढाएर मुद्दा प्रभावित बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्