Logo
Logo

नेष्डो समृद्ध लघुवित्तको खुल्यो आईपीओ



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ ।

संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्