Logo
Logo

रिद्धि सिद्धिका सञ्चालक खरेलको निधनले अतुलनीय क्षति


8.1k
Shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षति पुगेको छ । खरेलको यही फागुन ५ गते ४५ बर्षको उमेरमा निधन भएको थियो ।

नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रअन्तर्गत खरेलले उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश र जनताका लागि योगदान पु¥याउँदै आइरहेका थिए । उनी एक दीर्घकालीन सोच बोकेका सफल उद्यमी थिए ।

विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्षभित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ ।

यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको व्यक्ति गुमाउदा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ । यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढीरहेका उनको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्