Logo
Logo

एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध झलनाथ खनालको १३ बुँदे ‘नोट अफ डिसेन्ट’


4.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई १३ बुँदे ‘एमसीसीबारे गम्भीर महत्वको प्रस्ताव’ पेस गरेका छन् । उनले उक्त प्रस्तावलाई नै ‘नोट अफ डिसेन्ट’ भनेका छन् ।

नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष नेपाललाई १३ बुँदे प्रस्ताव पेस गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँद्धामार्फत एमसीसी अनुमोदन गरे हुनेसक्ने सम्भावित दुर्घटनाबारे सविस्तार ब्याख्या गर्दै अनेक प्रश्न गरेका छन् ।

नेता खनालले उक्त प्रस्तावमार्फत एमसीसी अनुमोदन गर्न नहुने र अनुमोदन गरिए आफ्नो ‘नोट अफ डिसेन्ट’ रहने भनेका छन् । यसअघि, एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्