काठमाडौं । नेपाली कांग्रेसको नेता तथा सांसद पुष्पा भुसालले एमसीसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन, नेपालमा ऊर्जा उत्पादन, रोजगारी सिर्जना र सडक विस्तारलाई सहयोग गर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौतामाथिको बुँदागत छलफलमा सहभागी हुँदै सांसद भुसालले एमसीसीमार्फत अमेरिकी सरकार र त्यहाँका जनताको रकम भित्रिएको बताएका हुन् ।
उनले भने, ‘यो सम्झौता मार्फत् अमेरिकी सरकार र त्यहाँका जनताको करको रकम भित्रिएको छ। सम्झौताले त्यसको सदुपयोग गर्नुपर्ने मान्यता राखेको छ। त्यसैले यसलाई पाँच वर्षभित्र काम सम्पन्न गर्नुपर्ने उद्देश्य राखेको छ ।’











