Logo
Logo

व्याख्यात्मक घोषणा नामको खोस्टाले मान्यता पाउँदैन : विशाल भट्टराई


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदले पारित गरेको ‘व्याख्यात्मक घोषणा’ले मान्यता नपाउने दावी गरेका थिए ।

संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि प्रतिकृया दिँदै भट्टराईले सरकारले संसदमा प्रस्तुत गरेको व्याख्यात्मक घोषणा फगत कागजको खोष्टोमात्र भएको भन्दै उक्त घोषणालाई अन्तर्राष्ट्रिय जगतले मान्यता नदिने दावी गरेका गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच संसदले पारित गरेको एमसीसीको विपक्षमा रहेको समेत उनले बताए । उनले भने– ‘हाम्रो विरोधकाबीच एमसीसी अनुमोदन गरिएको छ । उक्त अनुमोदनको कुनै अर्थ छैन । हामी यसको विरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्