
काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने अन्यत्र सामान्यतया मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना छैन ।
आज (सोमबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै अन्यत्र सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी भू–भागहरुमा आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहने छ ।











