Logo
Logo

बालिकाको करणी र हत्याका आरोपित पक्राउ


819
Shares

तस्बीरः रासस

मोरङ । मोरङको लेटाङ नगरपालिका–८, ज्यामिरे बस्ने १२ वर्षीया छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टी भई घर फर्किरहेकी बालिकालाई जंगलको बाटोमा करणी गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको जनाएको छ ।

गिरीले बालिकाको करणीपश्चात् हत्या गरी जंगलमा ढुंगाले छोपी विद्यालयको पोसाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

बालिकाको विद्यालय घरभन्दा दुई घण्टाको दूरीमा जंगलको बाटो भएर जानुपर्छ । गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । निज आरोपितलाई जबरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्