
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदन भएसँगै गठबन्धन फुटाउने खेल विफल भएको बताएका छन् ।
एमसीसी अनुमोदन भएपछि निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीलाई अघि सारेर वर्तमान सत्ता गठबन्धन नै ध्वस्त पार्ने खेल भएको तर त्यसलाई सफल हुन नदिएको बताए ।
अध्यक्ष प्रचण्डले भने– ‘एमसीसीलाई सत्ता गठबन्धन फुटाउने अस्त्रको रुपमा प्रयोग गर्न खोजियो । तर, त्यसो गर्न दिइएन । त्यो शक्ति पराजित भएको छ । अब, गठबन्धन कायम रहन्छ, सरकार निरन्तर अघि बढ्छ ।’
वर्तमान सत्ता गठबन्धनको जग व्यवस्था बचाउने आन्दोलन रहेकाले कसैले चाहँदैमा टुटाउन नसक्ने उनको भनाइ रहेको छ ।











