Logo
Logo

अख्तियारको हिरासतमा दुई इन्सपेक्टरसहित ४८ जना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० जेठ ।
केही महिनायता अख्तियारको हिसरात भ्रष्ट कर्मचारीले भरिएका छन् । अहिले पछिल्लो तीन वर्षकै रेडर्क तोडिएको छ । चार दर्जन कर्मचारी एकैपटकल आयोगको हिरासतमा छन् ।
४८ जनालाई आयोगले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। ४८ मध्ये २७ कर्मचारी घुससहित रंगेहात पक्राउ परेकाहरू छन् । पछिल्लो समय हरेक दिनजसो कर्मचारी घुससहित पक्राउ परेका छन् । अन्य २१ जना विभिन्न अनियमितताको छानबिनका लागि हिरासतमा राखिएको छ । आयोगको हिरासतको क्षमता करिब १५ जनाको मात्र भएकाले उनीहरूलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।


मालपोत कार्यालय नेपालगन्जका १० कर्मचारीलाई हिरासतमा राखेर अख्तियारले छानबिन गरिरहेको छ । व्यक्तिको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा उनीहरूमाथि छानबिन भइरहेको हो । त्यस्तै, जुम्लामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कर्मचारीसहित पाँचजना पनि अख्तियारको हिरासतमा छन् । दुर्घटनामा संलग्न चालक परिवर्तन गर्ने इन्स्पेक्टरसहित तीन र एसइईको प्रश्नपत्र आउट गर्ने तीनजना पनि अख्तियारकै हिरासतमा छन् । अख्तियारको हिरासतमा दुई इन्स्पेक्टर छन् । रुपन्देहीमा कार्यरत इन्स्पेक्टर केशवबहादुर बस्नेतलाई गत शनिबार १५ हजार घुससहित पक्राउ गरेको हो । त्यस्तै दुर्घटनामा संलग्न वास्तविक चालकलाई उन्मुक्ति दिएको आरोपमा इन्स्पेक्टर लोकबहादुर जिसी पक्राउ परेका हुन् ।
पटक पटक पक्राउ गर्दा पनि घुस खाने क्रम नरोकिएको आयोगका अधिकारीहरु बताउँछन् । समाजमा भ्रष्टाचारको जरो स्थापित भइसकेकाले यस्तो अवस्था आएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्