Logo
Logo

पक्राउ गरेर युवकमाथि गोली प्रहार, एसपीमाथि कारबाहीको माग


- दृष्टि न्युज/संवाददाता


पोखरा, ३० जेठ ।
प्रहरीले बुधबार पोखरामा एक युवकलाई पक्राउ गरेर गोली चलाएको खुलेको छ । पोखरा महानगरपालिका वडा नं १० उत्तम चोकमा जोन भन्ने गोबिन्द थापालाई गोली हानेको थियो । लागूऔषध कारोबारी भएको भन्दै उनलाई गोली हानिएको थियो । तर, उनका परिवारले उनी दुव्र्यसनी मात्र भएको र प्रहरीले पक्राउ गरेर गोली हानेकाले प्रहरीमाथि कारबाहीको माग गरको छन् ।


नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि जाइलागे पछि प्रहरी गोली चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताएका छन् । त। घाइतेका परिवार त्यो मान्न तयार छैनन् । परिवारका अनुसार थापाले लागु पदार्थ बिक्री र प्रयोग नगर्ने गरेको जिकिर गरिरहेका छन् । बिहान ११ बजेर १५ मिनेट जाँदा गोबिन्द खाना खाएर घरबाट निस्किएको र त्यसको ५ मिनेट पनि नबित्दै उनीमाथी गोली प्रहार भएको परिवारको दाबी रहेको छ । १५ जना प्रहरी भएको स्थानबाट थापा भाग्नै नसक्ने उनीहरुको भनाई छ ।
प्रहरीले मानवअधिकारको हनन गरेको भन्दै एसपी कार्कीमाथि कारबाही गर्न उनीहरुले माग गरको छन् । मानव अधिकार आयोग लगायतका निकायमा उजुरी गर्ने उनीहरुको तयारी छ ।
चर्चा कमाउका लागि एक सामान्य दुव्र्यसनीलाई एसपीले गोली हानेको भन्दै पोखराका स्थानीयहरुले प्रहरीको आलोचना गरेका छन् । एसपी कार्की एक साताअघि मात्र कास्कीमा सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्