काठमाडौं । एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा शुक्रबार साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।
एमसीसी विरोधी वाम ६ गठकले चैत ६ गतेसम्म विभिन्न विरोध कार्यक्रम समेत तय गरेको छ । शुक्रबार खुल्लामञ्चमा हुने उक्त विरोध सभामा आन्दोलित साना वाम दलका अलावा सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

वाम गठकले संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । सभालाई पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले सम्बोधन गर्ने गर्ने तय भएको जनाइएको छ ।
त्यस्तै, हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।












