Logo
Logo

दाँत बिगार्ने १५ बानी



काठमाडौं । हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ ।

दाँत राम्रो, बलियो, स्वस्थ छ भने कुनै पनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपि दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौं, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । फोहोर जम्छ ।

हामी मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै ठान्छौँ । हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् ।

दाँत बिगार्ने बानी

नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ ।

हतारहतार दाँत मोल्नु : प्रायजसो मानिसहरु दाँतको सफाईमा समय दिँन झन्झट मान्छन् । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतको बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ ।

जंकफुड र गुलियो बढी खानु : बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन् । यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यी चिज कम खानुपर्छ ।

बरफ चबाउनु : बरफरहिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन । तर, कडा र जमेका आइस क्युब मर्‍याङमर्‍याङ चबाउँदा हाम्रा दाँत चोइटिन भाँचिन सक्छन्। यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ । धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ।

माउथ गार्ड नलगाई खेल्नु : तपाईं फुटबल, हकी, क्रिकेट खेल्नुहुन्छ भने ‘माउथ गार्ड’ नलगाई मैदानमा नपस्नुहोस् । प्लास्टिकबाट निर्मित माउथ गार्डले माथिल्लो लहरका दाँतमा चोटपटक लाग्नबाट जोगाउँछ । माउथ गार्ड खेलकुद सामग्री पाइने पसलमा किन्न सकिन्छ अथवा आफूलाई फिट हुने गरी डेन्टिस्टसँग बनाउन पनि सकिन्छ ।

सोडायुक्त पेय : सुगर मिसिएका खानेकुरामा क्यान्डी मात्र होइन, सोडा लगायत कोल्ड ड्रिंक्समा ११ चिया चम्चा जति चिनी ९सुगर० मिसिएको हुन्छ। सोडामा फोस्फोरिक एसिड र साइट्रिक एसिडसमेत मिसिएको हुन्छ, जसले दाँतको सेतो बाहिरी भाग इनामेल खियाउँछ। ‘डाएट’ भनेर आउने सफ्ट ड्रिंक्समा चिनी नभए पनि कृत्रिम गुलियोका रुपमा अझ बढी एसिड हुन्छ।

दाँतले बिर्को खोल्ने : सफ्ट ड्रिंक्सका बोतलको बिर्को वा अन्य कुनै प्लास्टिकका प्याकेट दाँतले खोलेको देख्दा सजिलो लागे पनि यो बानीले दाँत भने बिग्रने सम्भावना बढ्छ । दाँतले बिर्को खोल्दा दाँत भाँचिने-चोइटिने सम्भावना हुन्छ । हाम्रो दाँतको काम बिर्को खोल्ने नभएर, भोजन चपाउने मात्र हो ।

स्पोर्टस ड्रिंक्स : व्यायाम गरिसकेपछि वा खेलिसकेपछि चिसो स्पोर्टस ड्रिंक्सले हामीलाई ताजा महसुस गराउँछ । तर, यस्ता पेयमा चिनी ९सुगर०को मात्रा धेरै हुन्छ। सोडा वा क्यान्डीजस्तै सुगरयुक्त स्पोर्टस ड्रिंक्सले दाँतको इनामेलमा एसिड आक्रमण गराउँछ र दाँत बिगार्छ। अझ नियमितजस्तै यस्ता पेय पिउनाले दाँत बिग्रने निश्चितप्रायः छ। त्यसैले व्यायाम गर्दा वा खेल्दा पानी पिउनु नै उपयुक्त हुन्छ ।

पेन्सिलरकलम टोक्ने : पढाइमा ध्यान केन्द्रित गरेका बेला कतिपयमा पेन्सिल वा कलम टोक्नेरचबाउने बानी हुन्छ। बरफ चबाएजस्तै यो बानीले पनि दाँत भाँचिन वा टुक्रिन सक्छ। यस्तो बानी भए सुगरलेस गम चबाउनु बेस हुन्छ, यसले मुखमा र्‍यालको मात्रा बढाउँछ र दाँत बलियो पार्नुका साथै एसिडबाट जोगाउँछ।

कफी : लामो समय कफी पिउँदा यसको गाढा रंग र एसिडिटीले दाँत पहेँलो बनाउँछ । कफी पिएर पहेँलिएका दाँत सफा गर्न डेन्टिस्टसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।

जिब्रो छेडेर गहना लगाउने : झट्ट हेर्दा फेसनेबल देखिए पनि जिब्रो छेडेर विभिन्न किसिमका गहना लगाउनु दाँतका लागि हानिकारक छ। ओठमा गहना लगाउनु पनि दाँतका लागि हानिकारक छ। जिब्रो वा ओठमा भएका गहना टोकिन सक्ने भएकाले दाँत भाँचिन सक्छ। त्यस्तै ती धातुका गहना ओठ र गिजामा रगडिँदा घाउ हुनसक्छ। घाउमा धातु वा ब्याक्टेरियाको संक्रमण हुनसक्छ।

धूमपान : सिगरेट लगायत सुर्तीजन्य पदार्थको सेवनबाट दाँतमा दाग बस्ने र बिग्रने मात्र नभएर झर्ने र गिजासम्बन्धी रोग लाग्ने हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ र जिब्रोको क्यान्सर पनि हुने गर्छ।

वाइन पिउनु : वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने ससाना प्वालले दाँतमा दाग बस्ने र कुरुप देखिने हुन्छ । रेड वाइनमा पाइने ‘क्रोमोजेन’ र ‘ट्यानिन’जस्ता ‘पिग्मेन्ट’ले दाँतमा रङ बढी टाँसिन्छ। वाइनको गिलास रित्याएको निकै बेरसम्म पनि रातो रंग भने दाँतमा रहिरहन्छ । सेतो वाइनले पनि इनामेल खियाउनुका साथै कफीले जस्तै दाँतमा दाग लगाउँछ ।

दाह्रा किट्नु : निदाएका बेला दाह्रा किट्दा पनि दाँत चाँडै बिग्रन्छन्। यो समस्या नियन्त्रण गर्न कठिन हुन्छ। दिउँसो कडा/साह्रो खानेकुरा नखाए दाह्रा किट्ने बानीबाट हुने दुखाइ र हानि केही घटाउन सकिन्छ। सुत्दा माउथ गार्ड प्रयोग गरेमा पनि दाह्रा किट्दा हुने असर न्यून गर्न सकिन्छ ।

बरफ चबाउनु : बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन। तर, कडा र जमेका आइस क्युब मर्‍याङमर्‍याङ चबाउँदा हाम्रा दाँत चोइटिन/भाँचिन सक्छन्। यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ। धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्