काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् ।

नेता रावलसँग भेट्न विप्लव र प्रकाण्ड बिहीबार बिहान रावलको निवास पुगेका हुन् । विप्लवको सचिवालयका अनुसार भेटमा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको छ ।
यसअघि बुधबार ‘विप्लव’ले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।











