Logo
Logo

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?



काठमाडौं । स्तन क्यान्सर बढी महिलाहरुमा हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानै समेत गुमाउनु परेको छ । स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने ?

स्तन क्यान्सर के कारणले हुन्छ ?
१५ देखि ३० प्रतिशत स्तन क्यान्सर वंशाणुगत कारणबाट सर्छ भन्ने पनि गरिन्छ । स्तन क्यान्सर भयो भन्दैमा आतिनु हुँदैन । सुरुमा नै उपचार गराउन सके राम्रो परिणाम दिन्छ ।

कारणहरू :
—वंशाणुगत–आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।
—१२ वर्षभन्दा पहिले महिनावारी भएका र ४५ वर्षपछि पनि महिनावारी ।
—मदिरा सेवन तथा धुम्रपान गर्ने महिला ।
—पाँच वर्ष भन्दा बढी परविार नियोजनका साधन पिल्स वा सुई प्रयोग गरेका महिला ।
—अखाद्यय खानेकुरा खाएमा,मोटो महिलामा, डिला विवाह गर्न,ढिला बच्चा जन्माउने महिलामा स्तन क्यान्सर हुन सक्ने सम्भावान छ भन्छ विज्ञानले ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
—स्तनमा गिर्खा हुनु र गिर्खा कडा हुनु ।
—स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परविर्तन हुनु ।
—स्तनको मुन्टोबाट रगत आउनु ।
—स्तनको छालाको रगं परिवर्तन हुनु ।
—स्तनमा कडा गिर्खा फेला परे ।
—लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।
—महिनावारीमा धेरै रगत बगे ।
—लामो समयसम्म घाँटी दुखे ।
—मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।
—पेटमा लामो समयसम्म गडबडी भए ।
—अनपेक्षित रूपमा तौल घटे ।
—लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

कस्ता व्यक्तिलाई स्तन क्यान्सर हुन्छ ?
मध्यपान र धुम्रपान गर्ने, ३५ वर्षको उमेरपछि बच्चा जन्माउने महिलाहरू, ढिला विवाह गर्ने, स्तनपान नगराउने, पहिला एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरू, चिल्लो र बोसोयुक्त खाना बढी खाने र यदि आमालाई स्तन क्यान्सर छ भने उसको सन्तानलाई पनि हुने सम्भावना हुन्छ । भक्तपुर क्यान्सर अस्पतालबाट सन् २०१६ मा मात्रै १ सय ८० जना स्तन क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

स्तन क्यान्सरबाट कसरी बच्ने ?
स्तन क्यान्सरका चार चरणहरू छन् । स्तन क्यान्सर लागेको खण्डमा कति वर्षसम्म बाँच्न सकिन्छ भन्ने कुरा क्यान्सर कुन चरणमा छ भन्ने कुरामा भर पर्छ । पहिलो चरणमा स्तन क्यान्सर छ भन्ने थाहा भयो भने पाँच वर्षपछि क्यान्सरहित हुन सकिन्छ वा लामो आयु बाच्न सकिने विज्ञहरु बताउँछन । यो रोगबाट बच्न हामीले नियमित स्तनको चेकजाच, स्तनको स्वयं परीक्षण गर्ने, अखाद्य खानेकुरा नखाने, धुम्रपान, मध्यपान नगर्ने र स्तनमा केही समस्या देखिना साथ तुरुन्त अस्पताल वा चिकित्सकोमा जानु विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्