Logo
Logo

सरकार निर्वाचन सार्ने खेलमा लाग्यो : सुवास नेम्वाङ


3.6k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले निर्वाचन सार्ने खेल सुरु भएको भन्दै तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष नेम्वाङले तोकिएको समय वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन गर्नुको विकल्पन नरहेको बताएका हुन् ।

अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले भने– ‘सत्तारुढ दल निर्वाचन सार्ने खेलमा लागेको बुझिन्छ । उनिहरुको गतिविधि निर्वाचन नगर्नेतर्फ उत्मुख छ । त्यो बेठिक हुन्छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । म सरकारसँग आग्रह गर्छु– तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाइयोस् ।’

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताए । संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्