Logo
Logo

देउवाविरुद्ध पोखरेलको गुटबन्दी


- दृष्टि न्युज/संवाददाता


प्यूठान, ३० जेठ ।
नेपालमा समयअनुसार गुट र पार्टी फेर्ने चरित्रका व्यक्तिहरु बढ्दै गएका छन् । तीनैमध्ये एक हुन् डा गोविन्द पोखरेल । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पुर्ननिमाण प्राधिकरणका पूर्व सिईओ पोखरेल पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
तर, उनको छेपारे प्रवृत्ती देखेर कांग्रेस कांग्रेस कार्यकर्ताहरु समेत चकित भएका छन् । पुर्ननिर्माण प्राधिकरणको सिईओ पद त्यागेर गत वर्ष संसदको चुनाव लडेका डा.पोखरेलले अहिले जिल्लामा गुटको राजनीति थालेका छन् ।


सुशील कोइराला शक्तिमा हुँदा उनी कोइराला परिवारका निकट थिए । सोही आधारमा वैकल्पिक उर्जा देखि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भए ।
सुशील कोइरालाको निधनपछि उनी शेरबहादुर देउवा गुटमा लागेका थिए । देउवा गुटबाटै केन्द्रीय सदस्यको टिकट पाए । पछि पुर्ननिर्माण प्राधिकरणको सिईओ भए । देउवाले नै उनलाई प्यूठानको टिकट दिए । तर, अहिले देउवाविरुद्ध नै उनले गुटबन्दी सुरु गरेका छन् । हाल उनी कोइराला परिवार निकट भएका छन् ।
शेखर कोइराला लगायतका नेतालाई जिल्लामा लगेर उनले हालै गुटगत भेला गरेका छन् । जसमा देउवा निकट नेताहरुलाई मञ्चमा बोल्न समेत नदिईएको एक जिल्ला नेताले बताए । मंगलबार जिल्लामा उनले एक कार्यक्रम गराएका थिए । शेखरलाई अतिथि बनाएर सो कार्यक्रम गरिएको थियो ।
हुन त उनी कुनै समय कम्युनिष्ट पार्टीमा थिए । मसालमा रहेका उनी २०५७ सालमा कांग्रेस निकट भएका छन् । कांग्रेसभित्र थोरै योगदान दिने र धेरै अवसर लुट्नेमा उनी पर्दछन् । अहिले पनि अवसरकै राजनीतिमा लागेर उनी देउवाविरुद्ध लागेपछि जिल्लाका नेताहरु उनीविरुद्ध रुष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्