Logo
Logo

सुनको मूल्य प्रति तोला एक लाख नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ कटेको छ । आइतबार छापावाल सुनको मूल्य प्रति तोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यो मूल्य करिब डेढ वर्षकै सबैभन्दा माथि पुगेको हो ।

यस्तै, आइतबार तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो । जुन, आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रति तोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो ।

प्रतिक्रिया दिनुहोस्