Logo
Logo

५ वर्षीया सपना मृत अवस्थामा भेटिइन्


756
Shares

बाँके । बाँकेको मान खोलामा शनिबार एक बालिका मृत अवस्थामा भेटिएकी छन् । बैजनाथ गाउँपालिका-२ गर्जेटोल बस्ने भक्त बहादुर रानाकी छोरी ५ वर्षीया सपना राना सोही ठाउँस्थित मान खोलामा शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

दिउँसोदेखि घरबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय वनकटुवा र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्