Logo
Logo

युवकको मृत्यु भएपछि वीरेन्द्रनगर बजार बन्द


693
Shares

सुर्खेत । प्रहरीको कुटाइबाट कालीकोटका एक युवाको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार आइतबार बिहानैदेखि बन्द गराएका छन् ।

शुक्रबार साँझ सामान्य विवाद हुँदा तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएको थियो ।
मृतकका परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । न्यायको माग गर्दै प्रदर्शन थालिएको मृतकका दाइ नाता पर्ने देवीकृष्ण पाण्डेले जानकारी दिए । उनले न्याय नपाएसम्म प्रदर्शन गर्ने बताए ।
घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्