Logo
Logo

साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश


1.8k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले एमालेमा पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको समेत बताए ।

त्यस्तै पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताए । यसअघि साझा विवेकशील पार्टीका केहि युवाहरुले पार्टी छोडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्