Logo
Logo

रुस-युक्रेन युद्धको प्रभाव : तेलको मूल्य १३ वर्ष यताकै बढी



काठमाडौं । अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ ।

बिबिसीको रिपोर्टअनुसार एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर, पछि १३० डलरभन्दा कममा आइपुग्यो । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको हो । पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू समेत प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्