Logo
Logo

साञ्जेन खोला जलबिद्युत् आयोजनामा ऋण सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ जेठ ।
७८ मेगावाटको साञ्जेन खोला जलविद्युत् आयोजनामा ऋण लगानीको सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सो आयोजनालाई ऋण लगानीको सम्झौता भएको हो ।


शुक्रबार आयोजित एक कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भएको छ । रसुवाको साञ्जेन खोलामा सालासुंगी पावर लिमिटेडले सो आयोजना बनाउन लागेको हो । सालासुंगी विश्वप्रसिद्ध चिनियाँ कम्पनी चाइना हार्बर इन्जिनियरीङ कम्पनी आबद्ध कम्पनी हो ।
सो आयोजनामा १३ अर्ब २० करोड रुपैयाँ प्राजेक्ट कष्टको अनुमान गरिएको छ । सो कम्पनीमा ९२ प्रतिशत चिनियाँ कम्पनी तथा ९ प्रतिशत नेपाली व्यवसायीको लगानी रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सो आयोजनामा कुमारी र सिटिजन बैंकले लगानी गर्ने सम्झौता भएको छ । तीनै बैंकका सिईओ तथा चिनियाँ कम्पनीका प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्