Logo
Logo
नेतृत्वमा नारी

बैंकिङ क्षेत्रमा नारीको फड्को


पार्बती धरेल


समावेशी कोटा भएको निजामती प्रशासनमा महिलाको उपस्थिति करिब २५ प्रतिशत मात्र छ । तर, नेपालको बैंकिङ क्षेत्रको अवस्था भने त्यो भन्दा धेरै राम्रो छ । बैंकिङ क्षेत्रमा ४३ प्रतिशत महिला कर्मचारी भएको राष्ट्र बैंकको तथ्यांक छ । बैंकिङ क्षेत्रमा महिलाको संख्या मात्र बढेको छैन, नीतिगत तहमा पनि उनीहरुको उपस्थिति बढ्दै गएको छ ।

सबैजसो बैंकको कार्यालयमा रिसेप्सन र टेलरमा हामीले वर्षौँदेखि महिलालाई देख्दै आएका थियौँ, पछिल्ला वर्षमा भने बैंकका उच्च पदमा पनि महिलाहरुको उपस्थिति उत्साहपूर्ण देखिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रुपमा निलम ढुंगाना तिमल्सिना पुगेकी छिन् ।

वाणिज्य बैंकको सीइओ, सिनियर म्यानेटमेन्ट टिम, विभागीय प्रमुख तथा शाखा प्रबन्धकहरुमा महिलाको संख्या दिनप्रतिदिन बढिरहेको छ । निजी क्षेत्रको वाणिज्य बैंकको पहिलो महिला सीइओ अनुपमा खुञ्जेली भन्छिन्, ‘बैंकिङ क्षेत्रमा धेरै क्षमतावान महिलाहरु हुनुहुन्छ, अब बैंकिङ क्षेत्रमा महिलालाई उच्च पदमा पुग्नबाट कसैले रोक्न सक्दैन ।’

एक सीईओ, पाँच डेपुटी
हाल नेपालको वाणिज्य बैंकमा एक जना सीइओ तथा अन्य पाँच जना डेपुटी सीइओका रुपमा दोस्रो पोजिसनमा कार्यरत छन् । मेगा बैंकमा सीइओ मात्र होइन, डेपुटी सीइओसहित सिनियर म्यानेजमेन्ट टिमका १० मध्ये पाँच जना महिला छन् । सीइओ अनुपमा खुञ्जेली, डेपुटी सीइओ रविना देशराज श्रेष्ष्ठ, चिफ रिस्क अफिसर प्रज्ञा पाण्डे, ग्लोबल मार्केट विभाग (ट्रेजरी)को चिफमा डेनी श्रेष्ठ, चिफ लायबिलिटी अफिसरमा जेनु थापा छन् । महिलाकै टिमले हाँकेको यो बैंकले गरेको प्रगतिले पनि महिलाहरु पुरुषभन्दा सक्षम र इमान्दार छन् भन्ने समेत प्रमाणित गरेको छ ।

एनसीसी बैैंकको व्यवस्थापन टिमको दोस्रो उच्च पदमा बन्दना पाठक कार्यरत छिन् । करिब पाँच वर्षदेखि उनी बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत छिन् । उनीमात्र होइन, एनसीसीको चारवटा विभागको प्रमुख महिला छन् । सरिना पाण्डे, जुली श्रेष्ठ, कुमारी थापा राजभण्डारी, अमिता श्रेष्ठ, बिम्बिका नेपाल र अनामिकाकुमारी झाले विभिन्न विभागको नेतृत्व सम्हालिरहेका छन् ।

बैंकको दोस्रो उच्च पदमा पुग्न सफल अर्की बैंकर हुन् आरती राज्यलक्ष्मी राणा । जो सनराइज बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत छिन् । सन् २००२ मा एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरु गरेकी आरती छोटो अवधिमै उच्च पदमा पुग्न सफल भएकी हुन् । सनराइज बैंकमा आवद्ध हुनुअघि उनी ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिइन् ।

देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैंकमा पनि महिला दोस्रो उच्च पदमा पुगेकी छिन् । समता पन्त (भट्ट) नेपाल बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत छिन् । २०६१ सालमा अफिसर तहबाट नेपाल बैंकमा प्रवेश गरेकी उनले केही समय निमित्त सीइओ भएरसमेत बैंक चलाइन् । कुनै समय खराब अवस्थामा रहेको नेपाल बैंकलाई हाल उल्लेख्य नाफामा लैजान समताको पनि ठूलो योगदान छ ।

नेपाल बैंकमा तीन महिला विभागीय प्रमुखका रुपमा कार्यरत छन् । प्रतिभा डंगोल योजना तथा बजेटिङ, सचिता पराजुली ‘लोन रिकभरी’ तथा निलुजा श्रेष्ठ ‘कम्प्लायन्स’ विभागको जिम्मेवारीमा छिन् ।

सेञ्चुरी बैंकको दोस्रो तहको जिम्मेवारी पनि महिलाको काँधमा छ । अनुपमा श्रेष्ठ मानन्धर सेञ्चुरीमा चिफ मार्र्केटिङ अफिसरका रुपमा सीइओ पछिको दोस्रो वरियतामा छिन् । सन्ध्या श्रेष्ठ, दीक्षा श्रेष्ठ, संगीता डंगोल, बबिता फँुयाल, कान्ता हाडा सेञ्चुरीमा विभागीय प्रमुखका रुपमा कार्यरत छन् ।

विभागीय प्रमुखमा बढ्दो उपस्थिति
नेपाल इन्भेष्टमेन्ट बैंकमा सबैभन्दा उच्च पदमा पुग्न सफल सुजता जोशी र निकिता मास्के हुन् । दुवै जना सहायक महाप्रबन्धकका रुपमा कार्यरत छन् । सुजता रिस्क डिपार्टमेन्ट तथा निकिता क्रेडिट प्रशासनको प्रमुख छिन् ।

त्यस्तै, बन्दना थापा, सिर्जना पाण्डे, रिना राजेश्वरी चन्द सिनियर मेनेजरका रुपमा कार्यरत छन् भने डिना लामा, उषा पाण्डे, अनुजा पाण्डे, टिना बज्राचार्य, सिर्जना न्यौपाने बस्नेत इन्भेष्टमेन्ट बैैंकमा विभागीय प्रमुखका रुपमा कार्यरत छन् ।

प्राइम बैंकमा पनि उच्च तहमा महिलालाई जिम्मेवारी दिइएको छ । अनिता प्रधान सहायक महाप्रबन्धक, मानव संशाधनमा बन्दना मानन्धर, स्वेच्छा कार्की फाइनान्स विभाग तथा एलसी विभागमा अर्पना लातौल कार्यरत छन् । हिमालयन बैंकमा पनि दुई महिला सिनियर पदमा पुगेका छन् । चिफ मेनेजरका रुपमा शिसम प्रधानांग जोशी र सिनियर मेनेजरमा भवानी घिमिरे कार्यरत छन् ।

ग्लोबल आइएमई बैंकमा चिफ मेनेजरका रुपमा शान्ता शिवाकोटी कार्यरत छिन् । त्यस्तै अनामिका सिंह, स्वेच्छा शाह राणा विभागीय प्रमुखका रुपमा कार्यरत छन् ।

लक्ष्मी बैंकमा दुई विभागको नेतृत्व महिलाले सम्हालेका छन् । स्ट्राटेजी तथा मार्केटिङमा भारती पाण्डे तथा कम्प्लायन्स विभागमा अनिता उपाध्याय छिन् ।

सिटिजन्स बैंकको प्रमुख प्रशासकीय अधिकृतमा मनिषा कर्ण, कर्पाेरेट कम्युनिकेसनमा नितिका घिमिरे, रिसर्च एण्ड डेभलपमेन्टमा भावना ओझा, डिम्याटमा रोजिना तिवारी, ब्रान्चलेज बैंकिङमा सुजाता तिवारी र इबैंकिङ शाखाको प्रमुखमा सुमी महर्जनले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नबिल बैंकको सिनियर म्यानेजमेन्टमा एक तथा सात जना विभागीय प्रमुखहरु महिला छन् । सिनियर म्यानेटमेन्ट टिममा नमिता दीक्षित चिफ रिस्क अफिसरका रुपमा कार्यरत छिन् । त्यस्तै विभागीय प्रमुखअन्तर्गत सर्भिस एक्सिलेन्स विभागमा प्रभावतीसिंह विष्ट, अपरेशनल रिस्क मेनेजमेन्टमा सावित्री दाहाल, स्ट्राटेजिक प्लानिङमा अञ्जुली श्रेष्ठ, रिटेल ल्यान्डिङमा चाँदनी श्रेष्ठ, ट्रेजरीमा भिनिसा श्रेष्ठ तथा कम्प्लायन्स विभागको प्रमुखमा विनिता ढुंगाना, रेमिटेन्स बिजनेशनको प्रमुखमा मनिषा श्रेष्ठ कार्यरत छन् ।

प्रभु बैैंकमा रश्मी पन्त चिफ अपरेशन अफिसर (सीओओ)का रुपमा उच्च पदमा कार्यरत छिन् । त्यस्तै अनुपमा शेरचन पनि प्रभुमा विभागीय प्रमुखका रुपमा कार्यरत छिन् ।

एनएमबी बैंकमा तेस्रो उच्च पदमा महिला छिन् । सवनम लिम्बू जोशी चिफ सपोर्ट अफिसरका रुपमा कार्यरत छिन् । ट्यान्डर्ड चार्टर्ड बैैंकको फाइनान्सियल मार्केट तथा ट्रेजरी विभागको प्रमुखमा निधी राणा छिन् ।

राष्ट्रिय वाणिज्य बैंकमा सरस्वती अधिकारी डेपुटी एक्जुकेटिभ अफिसरका रुपमा कार्यरत छिन् । अर्काे सरकारी बैंक कृषि विकास बैंकको चार विभागमा महिला छन् । कम्प्लायन्स विभागमा सरिता दाहाल, ब्रान्च अप्रेसनमा रुक्मिनी भट्ट, प्रोजेक्ट एण्ड एमएसएमई विभागको प्रमुखमा बिना शर्मा र रिस्क मेनेजमेन्टमा निकु आचार्य कार्यरत छन् ।

माछापुच्छ«े बैंकको पाँच विभागको नेतृत्व महिलाको हातमा छ । मानव संशाधन विभागमा रिचा पाण्डे, रिकन्सिलेसमा पुजा गोंगाल, शाखा समन्वय सेलको प्रमुखमा मोहिनी प्रधान, ट्रेजरीमा रेश्मा शाक्य, सेन्ट्रल क्लियरिङमा विनिता ताम्राकार कार्यरत छन् । सानिमा बैंकका उच्च तहमा पनि महिलाहरु पुगेका छन् । प्रिती सिंह, रमा खड्का, रमिला श्रेष्ठ, सबिना श्रेष्ठ, प्रभा आचार्य, सबिना ढकाल मेनेजर तहमा कार्यरत छन् ।

सिभिल बैंकमा तीनवटा विभागको प्रमुखमा महिला छन् । मानव संशाधनमा सिलु अर्याल, रिटेल क्रेडिटमा आँचल ढकाल, सेन्ट्रल अप्रेसनमा अनिजा तुलाधर कार्यरत छन् । एभरेष्ट बैंकको क्रेडिट विभागको नेतृत्व अन्जु शर्माले सम्हालेकी छिन् । अप्रेसनमा प्रिती लामा, रिस्क मेनेजमेन्ट विभागमा जमुना ताम्राकार छन् ।

कुमारी बैंकमा पुष्पा श्रेष्ठ, रेनु कोइराला, प्रिती शाह, कृपा श्रेष्ठ, तृप्ती सिलवाल, अनुशा शाक्य विभागीय प्रमुखको जिम्मेवारीमा छन् । सिद्धार्थ बैंकमा शैलजा ज्ञवाली, इरा प्रधान विभाग प्रमखुको रुपमा काम गर्दै आएका छन् ।

नेपाल बंगलादेश बैंकमा पनि डेपुटी जनरल मेनेजरका रुपमा सलोनी सिंह कार्यरत छिन् । त्यस्तै, सरोजा कोइराला मानव स्रोत विभागको प्रमुख, चन्द्राकुमारी श्रेष्ठ आन्तरिक अडिट तथा गुनासो विभागको प्रमुख र सुष्मा पन्त कर्पाेरेट कम्युनिकेसन तथा ब्रान्डिङ विभागको प्रमुखका रुपमा कार्यरत छिन् ।

एनआईसी एसिया र बैंक अफ काठमाडौंमा भने महिलाको उपस्थिति राम्रो भए पनि उच्च पदमा जिम्मेवारी दिइएको छैन । दुवै बैंकमा उच्च पदमा सबै पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्