Logo
Logo

हामी समाजवादउन्मुख मान्यताका पक्षपाती हौँ : प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

फाइल फोटो

बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न प्रतिवद्ध छौँ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘समावेशी लोकतन्त्र, इन्क्लुसिभ डेमोक्रेसी, यो प्रयोगमा छ । यसका विरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेका छन्, त्यो प्रहारविरुद्ध हामी संघर्षरत छौँ । अहिले पनि समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरामा सार्वजनिक नीजि र सहकारीको समन्वयात्मक नयाँ मोडलको विकास गर्ने कुरामा विवाद र बहस कायमै छ ।’

प्रतिक्रिया दिनुहोस्