काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई ‘लेटर अफ एक्सचेन्ज’मार्फत सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘एमसीसीलाई व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी ग¥यौँ । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ ।’
उनले अहिले एकलौटी सम्झौता जस्तो भएको र अमिरिकी हितलाई माथि राखिएको समेत बताए । एकतर्फको घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने समेत उनको भनाइ छ ।














