Logo
Logo

कांग्रेसको प्रभाव बढेकोले ओलीमा छटपटी : प्रवक्ता महत


1.5k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मतपत्रमा हरियो रङ्ग प्रयोग गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले गरेको आपत्तिको अर्थ नभएको बताएका छन् ।

कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले मतपत्रको रंगबारे ओलीले गरेको आपत्तिको कुनै अर्थ नरहने टिप्पणी गरे । कांग्रेसको प्रभाव बढेकोले ओलीमा छटपटी बढेको उनको भनाइ छ । ओलीको मतपत्रबारेको अभिव्यक्तिले पनि त्यही संकेत गरेको उनले बताए ।

‘हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वन जंगल नै फाँड्नुपर्ने हुन्छ’, कांग्रेस प्रवक्ता डा। प्रकाशरण महतले भने, ‘ओलीको अभिव्यक्तिले कांग्रेस बहुमतमा आउँदैछ भन्ने संकेत गरेको छ ।’

अहिले गठबन्धनका विषयमा चर्चा-परिचर्चा गरिरहनु आवश्यक नरहेको उनले बताएका छन् । जतिवेला उम्मेदवार उठाउने बेला आउँछ हरेक दलले निणर्य गर्ने र त्यही बेला बढीभन्दा बढी कसरी फाइदा हुन्छ त्यसैअनुसार पार्टीले निणर्य लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्