
काठमाडौं । आजदेखि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बसेको थिएन ।
आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबीचमा नियुक्त भएका मन्त्री र सरकारको महत्वपूर्ण कामबारे संसदमा जानकारी गराउने छन् ।
आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबीचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।














