Logo
Logo

बन्द विद्यालय १० दिनपछि खुल्यो


882
Shares

पाँचथर । ‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि १० दिन देखि बन्द भएको पाँचथरको एक विद्यालय खुलेको छ । फागुन १५ गतेदेखि बन्द भएको फालेलुङ २ को सिद्वकालि मावि दश दिनपछि पठन पाठन सुरु भएको हो ।

फागुन १५ गते ज्याभ्लिङ थ्रो’ कोे रडले लागेर घाइते भएका १० वर्षीय छात्र अनुष राईको १६ गते उपचारको क्रममा अस्पतालमा निधन भएसँगै मृतकका आफन्तले विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरवाहि भएको भन्दै आन्दोलन शुरु गरेपछि पठन पाठन ठप्प भएको थियो ।

मृतक छात्रका अविभावक, शिक्षक र जनप्रतिनिधिको भेलामा परिवारका सदस्यलाई गाउँ पालिकाले १२ लाख रुपैंया उपलब्ध गराउने, विद्यालय परिषरमा मृतक छात्रको सालिक निर्माण गर्ने, अभिवाकलाई गाँउ पालिकाले शैक्षिक योग्यता अनुसारको रोजगारी दिने तथा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले राजिनामा दिने सहमति पछि विद्यालय खुलेको हो ।

वन्द विद्यालय खुलाउन विभिन्न चरणमा सम्बाद गरी सहमति भएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए । केरुङका अनुसार मृतकका परिवारलाई गाउँपालिका अन्तरगतका शिक्षक,कर्मचारी र जनप्रतिनिधिले पाउने तलब–सुविधाबाट कट्टा गरेर १२ लाख रुपैंया राहत उपलव्ध गराइने भएको छ । मृतकका परिवारसँग यस्तो सहमति भएसँगै व्यवस्थापन समितिका अध्यक्ष फणिन्द्र बिष्टले राजिनामा दिएका छन ।

प्रधानाध्यापक बिरेन्द्र खत्री, खेल शिक्षक बशन्त खत्री र ‘ज्याभिल थ्रो’ प्रहार गर्ने छात्र लोकबहादुर कार्की भने प्रहरी हिरासतमा छन । उनीहरु विरुद्व ज्यान सम्वन्धी कसुर अन्तरगत मुद्वा दर्ता गरी अनुसन्धान प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक राकेश थापाले बताए ।

राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुनका लागि अभ्यास गर्ने क्रममा सोहि विद्यालय कक्षा १२ मा अध्ययनरत लोकबहादुर कार्कीले प्रहार गरेको ‘ज्याभ्लिङ थ्रो’ को रड गाडिदा कक्षा ४ मा अध्ययनरत राईको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्