काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको जनाएको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै कार्य नगर्न निर्देशन दिएको छ ।

पार्टी बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको भन्दै जग्गा कब्जा गरेको बताएको हो ।
‘गुण्डागर्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो विस्तार गरिएको हुँदा भ्रष्ट दलाल, तस्कर, भुमाफियाहरुलाई यस्तो कार्य नगर्न वा नगराउन हाम्रो केन्द्रीय जनसत्ता सूचित गर्दछ’ हिक्मतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।















