Logo
Logo

प्रधानमन्त्री देउवा पर्सामा


630
Shares

पर्सा । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा आइपुगेका छन् । उनी पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि यहाँ आएका हुन् ।

फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए । यस्तै, उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए ।

सह-सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्