Logo
Logo

डेढ करोड ठगी आरोपमा व्यवसायी अनुप पाण्डे पक्राउ


1.3k
Shares

काठमाडौं । दाङका निर्माण व्यवसायी अनुप पाण्डे पक्राउ परेका छन् । डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले उनलाई शनिबार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेलाई दाङ लैजाले प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका–८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडाबापत रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।

तर, पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवं नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्