Logo
Logo

राजनीति जनताको हकहितका लागि हो : पोखरेल


1.8k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् ।

काठमाडौँको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यसरी राजनीति विभाजन हुनु गलत भएको बताए ।

उनले विभाजित राजनीतिमध्ये एउटाको नेतृत्व नेकपा एमालेले गरेको र अर्कोको नेतृत्व गठबन्धन दलहरूले गरिरहेको उल्लेख गरे ।

नेता पोखरेलले एमालेले नेतृत्व गरेको राजनीति जनताको हक, हितका लागि भएको तर गठबन्धनले भने आफ्नो स्वार्थका लागि राजनीति गरेको आरोप लगाए ।

एमालेले नेतृत्व गरेको राजनीतिले निश्चित एजेण्डा बोकेको, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि रहेको उनको भनाइ थियो । उनले एमालेले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका साथ मुलुक बनाउने सपना बोकेर अघि बढेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्