
काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार (आज) दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सोमबार (हिजो) बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो । स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने एमालेको तयारी छ ।











