Logo
Logo

संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस


2.6k
Shares

काठमाडौं । सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि संसद् अधिवेशन समाप्त हुने छ ।

सरकारले अब बजेट अधिवेशन बोलाउनेछ। मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्