Logo
Logo

सीमा क्षेत्रमा बाढी र डुबानबारे नेपाल-भारत संयुक्त बैठक


0
Shares

काठमाडौं । भारत-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सकिएको छ। फागुन २५ देखि २९ सम्म बसेको उक्त बैठकपछि दुई पक्षले माइन्युटमा हस्ताक्षर पनि गरेका छन् ।

बैठक भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह-अध्यक्षतामा भएको हो । संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको स्थलगत भ्रमण गरेको छ ।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्छ। समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्तावित नवोदित कार्यस्थलको पनि भ्रमण गरेको थियो। फागुन २५ देखि २८ गतेसम्म भएको स्थलगत भ्रमणपछि समितिको बैठक २९ गते काठमाडौं बसेको हो।

प्रतिक्रिया दिनुहोस्