सर्खेत । नेकपा एमाले दैलेखमा बुधबार पुनः अधिवेशन हुँदैछ । गत पुसमा भएको अधिवेशनअन्तर्गत निर्वाचनमा प्रतिनिधि संख्याभन्दा बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार आज बिहान आठ बजेदेखि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि संख्या ७२१ रहेको छ । अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । यसरी ३१ मत बढीी भेटिएपछि रद्द गरिएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन् ।











