Logo
Logo

प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग किन भेटे ?


4.6k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्माले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका छन् ।

तत्कालीन नेकपा नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा नेकपा प्रवक्ता प्रकाण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेका हुन् । विप्लवले केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटबारे प्रकाण्डले सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

तस्बिरसँगै क्याप्सनमा प्रकाण्डले लेखेका छन्, ‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, २०७८ चैत्र २ ।’ तर, भेटमा भएको छलफलबारे केही खुलाइएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्