Logo
Logo

अर्घाखाँचीमा गठबन्धनबीच निर्वाचनमा तालमेल गरेर जाने सहमति


1.8k
Shares

अर्घाखाँची । आगामी वैशाखमा ३० गते हुने स्थानीय निर्वाचनमा अर्घाखाँचीमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गरेर जाने सहमति भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन् । उनीहरूले स्थानीय तहमा तालमेल गर्ने निर्णय गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।

कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको बताउँदै भने, ‘निर्वाचनमा वडादेखि संघसम्म एकतावद्ध ढंगले जाने निर्णय गरेका छौँ ।’

यस्तै, नेकपा माओवादी केन्द्रकी नेता छमकुमारी खनालले स्थानीय चुनावका लागि पाँच दलीय गठबन्धन गरिएको बताइन् । उनले संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानीयदेखि प्रदेश र केन्द्रसम्मका चुनावमा सहकार्य गर्दै जाने बताइन् ।
यस्तै, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसीले पनि स्थानीय चुनावमा तालमेल गरेर जाने कुरा भएको बताए । उनका अनुसार अब बस्ने गठबन्धन बैठकले कहाँ कसका उम्मेदवार उठाउने भन्नेजस्ता विषयबारे निर्णय गर्नेछ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले प्रतिगमनविरूद्ध एक हुनुपर्ने बताए । उनले चुनावी तालमेलका पक्षमा पार्टी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्