Logo
Logo

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ धरौटीमा रिहा


1.8k
Shares

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । बुधबार नै धरौटी बुझाएपछि बानियाँ पुर्पक्षका लागि रिहा भएका हुन् ।

जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित एक होटलमा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेका बानियाँले ‘पैसा दिन्छु’ भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको महिलाले जोहेरीमा उल्लेख गरेकी थिइन् । बलात्कारको अभियोग लागेपछि उनलाई प्रतिनिधिसभा सांसदबाट निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्