
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रमामा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाईसमेत शुभकामना दिएका छन् ।












