Logo
Logo

एमाले धनुषाको अध्यक्षमा पुनः यादव


819
Shares

जनकपुर । नेकपा (एमाले) धनुषा शाखाको अध्यक्षमा राजकिशोर यादव चयन भएका छन् ।

जनकपुरधाममा गएराति सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मतरुपमा पुनः उनकै अध्यक्षतामा १३५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । गठित समितिको जिल्ला उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिवमा तारालाम बस्नेत र उपसचिवमा श्याम पूर्वे छन् ।

यसअघि २०७१ मा भएको छैठौँं जिल्ला अधिवेशनमा पनि यादव नै अध्यक्षमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्