Logo
Logo

युट्युबरलाई जिम्मेवार बन्न अध्यक्ष नेपालको सुझाव


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा प्रतिगामी र अहंकारवादी प्रवृतिको भूमिका खेल्नेहरूलाई जनताले निर्वाचनमा दण्डित गर्ने बताएका छन् ।

बिहीबार फागु पर्वका अवसरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कलमले ‘कमाल’ गर्ने दावीसमेत गरे ।

उनले भने, ‘खिसी टिउरी र घमन्डको पोको भएकाहरु रावणको नास भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुनेछ ।’

अध्यक्ष नेपालले राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने असल चरित्र र असल व्यक्तिलाई अघि सार्नुपर्ने बताए ।
कार्यक्रममा उनले युट्युबरलाई समेत जिम्मेवार बन्न सुझाव दिए । अध्यक्ष नेपालले भने, ‘अहिले सुनिरहेको छु युट्युबमाथि कतिपय गुनासा पनि छन्, गुनासा सबैका होलान् । तर, अलिअलि त्रुटि हुँदा, कमजोरी हुँदा, विरोधको भावना जाग्दछ ।’

उनले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसलाई ठूलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने बताउँदै युट्युबर सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘म युट्युबको प्रयोगकर्तालाई पनि भन्न चाहान्छु कि तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस्’ अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्