Logo
Logo

माधव नेपालको पार्टीलाई मान्यता दिएका छैनौँ किनकि हराइदिने हो : शंकर पोखरेल


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् ।

बिहीबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था आएको बताउँदै भने, ‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौँ भन्दा त्यसलाई हराइदिने हो ।’

चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दावी छ । नेता पोखरेलले भने, ‘विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो ? झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौँ भनेर आउनुभयो । पार्टी सकियो ।’

उनले अरु साना कम्युनिष्ट पार्टीहरुलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने बताए । उनले भने, ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौँ सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ ।’ एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने लक्ष्य रहेको बताउँदै उनले भने, ‘तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पु¥यायौं भने हराएर जान्छन् ।’

उनले चुनाव जित्न नसक्नेहरु हामी क्रान्तिकारीहरु चुनावमा भाग लिँदैनौँ भन्न थालेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्