Logo
Logo

थप ७३ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान


315
Shares

काठमाडौं । निर्वाचन आयोगले आउँदो बैसाख ३० को स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निणर्य गरेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको पनि बताए ।

प्रवक्ता पौडेलले आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति ०७८/१२/०२ मा सम्झौता गरिसकेको पनि बताए ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आजबाट ६ वटा प्याकेजमा इ ब्रिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्