
काठमाडौं । अहिले देशमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहने छ भने राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।












