
काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बिहान बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
आफ्नै केन्द्रीय कार्यालयमा पहिलो पटक नेकपा केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार केन्द्रीय समिति बैठकमा एमसीसी र स्थानीय निकायको निर्वाचनबारे छलफल हुनेछ ।
बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने/नलिनेबारे निर्णय गर्ने छ । आगामी स्थानीय निर्वाचनमा भाग लिन नहुने भन्दै नेता(कार्यकर्ताले विरोध र खबरदारी गरिरहेका छन् । नेकपामा आगामी निर्वाचनमा भाग लिने/नलिनेबारे दुईथरी मत देखिएको छ ।














