Logo
Logo

नेपाललाई यूएईले दियो १ सय ६९ रनको लक्ष्य


189
Shares

काठमाडौं । आईसीस विश्वकप लिग २ क्रिकेटमा यूएईले नेपाललाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४६.३ ओभरमा १ सय ६८ रनमा अलआउट भयो ।

यूएईका लागि रोहन मुस्तफाले र सिपी रिजवानले सर्वाधिक ४०–४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय ३५–४ को खराब सुरुवात गरेको युएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए । करण केसीले ३ विकेट, सन्दीप लामिछानेले, दीपेन्द्र र सागर ढकालले समान १–१ विकेटल लिए ।

प्रतिक्रिया दिनुहोस्