Logo
Logo

घुस लिएकाे आरोपमा कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध मुद्धा


1.8k
Shares

पोखरा । घुस लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण व्यक्तिलाई लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध अख्तियारले पनि मुद्दा दायर गरेको हो ।

उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्