Logo
Logo

पललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले अभिनेता शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको हो ।

अभिनेता शाहविरुद्ध एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।

पीडित बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पीडित किशोरीकी बुबाले दिएको जोहरीमा शाहले ७ चैत २०७७ मा गैडाकोट नगरपालिका–५ स्थित गैंडाकोट रिसोर्टमा सुटिङका लागि लगेको बेला करणी गरेको भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्